00:00:00
स्थानिय

प्रदेश सरकारद्वारा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित

शनिबार असार ३२, २०७९/ Saturday 07-16-22

असार ३२, पाल्पा
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले दुई जिल्लाका विद्यालय र उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ ।  कार्यालयले पाल्पा र गुल्मीका दुई उत्कृष्ट विद्यालयहरु र ६६ जना उत्कष्ट शिक्षकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने विद्यालयमा पाल्पाबाट रामतुलसी माध्यमिक विद्यालय र गुल्मीबाट रेसुङ्गा माध्यमिक विद्यालय रहेका छन् । उत्कृष्ट विद्यालयले २ लाख ५० हजार रुपैया र प्रमाणपत्र पाएका छन ।  

यसैगरी उत्कृष्ट शिक्षकहरु पाल्पाका १० पालिकाबाट तिन तिन जनाको दरले ३० जना सम्मानित भएका छन । गुल्मीको १२ पालिकाबाट तिन तिन जनाको दरले ३६ जना सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्त, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, शिक्षा निर्देशक मनोज गैरे, डिभिजन प्रमुख हरिलाल अर्याल, उत्कृष्ट विद्यालय र शिक्षकहरुलाई नगर, प्रमाणपत्र र दोषल्लाले सम्मान गरेका गरेका थिए ।

सम्मानित उत्कृष्ट शिक्षकहरु नगद १० हजार सहित प्रमाणपत्रबाट सम्मानित भएका छन् । लुम्विनी प्रदेश सरकारले स्थापनाकालदेखी जिल्लामा उत्कृष्ट विद्यालय घोषणा गरे देखी उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम गर्दै आएको छ । 
 

तपाईको प्रतिक्रिया