00:00:00
राष्ट्रिय

नेपालमा हरेक वर्ष करिव दुई अर्बभन्दा बढीको चुरा पोते आयात हुँदै 

बुधबार असार २९, २०७९/ Wednesday 07-13-22

असार २९, काठमाडौं
नेपालमा हरेक वर्ष करिव दुई अर्बभन्दा बढीको चुरा पोते लगायतका श्रृङ्गार सामग्री आयात हुने गरेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ४४ करोडभन्दा बढिको हरियो चुरा आयात भएको छ । धर्मशास्त्र अनुसार साउनमा हरियो चुरा र पोते लगाउनुलाई सौभाग्यको प्रतिक मान्ने गरेको छ ।

२५ वर्षदेखि चुराको व्यवसाय गर्दै आउनु भएका काठमाडौँ असनका अकिक मियाले यो वर्षको लागि मात्रै दुई करोडभन्दा बढिको हरियो चुरा आयात गरेको बताउनुभयो । जसमा हरियो चुराको मात्रा ५० प्रतिशतभन्दा बढी रहेको भन्सार विभागका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

नेपाली महिलाहरूले लगाउने चुराकै कारण वार्षिक एक अर्बभन्दा बढी बाहिरिने गरेको छ । अर्थतन्त्र दबाबमा रहेका समयमा केहीदिनपछि फुटेरै सकिने चुराको लागि भारी रकम बाहिरिनु चिन्ताकै विषय रहेको विज्ञहरू बताउँछन् ।
 

तपाईको प्रतिक्रिया