असार २९, काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगलाई स्वीकृति दिएको छ ।
क्यानले प्रेस विज्ञप्ति जारी गर्दै आइसिसीले टि२० लिगलाई स्वीकृति दिएको र यसले घरेलु क्रिकेटरलाई धेरै फाइदा पुग्ने जनाएको छ ।नेपाल टि२० लिग आगामी असोज ८ देखि कार्तिक ५ सम्म डबल राउण्ड रोबिनको आधारमा टियु क्रिकेट मैदानमा आयोजना हुनेछ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।
तपाईको प्रतिक्रिया