00:00:00
स्थानिय

रुपन्देहीको तिनाउखोलामा युवती मृत फेला

सोमबार असार २७, २०७९/ Monday 07-11-22

असार २७, तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा ३ मा एक युवती मृत फेला परेकी छन् । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् ।

वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताउनुभयो । उहाँका अनुसार शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

तपाईको प्रतिक्रिया