00:00:00
राष्ट्रिय

आज विश्व सङ्गीत दिवस मनाइँदै

मंगलबार असार ७, २०७९/ Tuesday 06-21-22

असार ७, काठमाडौं
आज विश्व सङ्गीत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । 

अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो । 

नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया