राष्ट्रिय
पेट्रोलको मूल्य अब १ सय ९९ रुपैयाँ, डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ बढ्यो
सोमबार असार ६, २०७९/ Monday 06-20-22
असार ६, काठमाण्डौ
सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।
डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य बढाएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । त्यस्तै एक लिटर डिजल र मट्टीतेलको मूल्य अब १ सय ९२ रुपैयाँ पर्ने भएको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ।
तपाईको प्रतिक्रिया