00:00:00
स्थानिय

जनताको चाहना र नगरको बिकाश हुने गरी काम गर्नुपर्ने

मंगलबार जेठ २४, २०७९/ Tuesday 06-07-22

तिलोत्तमा २०७९ जेष्ठ २४

      दर्शन कल्याण ठकुरी समाज रुपन्देहीले रुपन्देहीका बिभिन्न नगरपालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान तथा बधाई कार्यक्रम समपन्न गरेको छ। कार्यक्रम ठकुरी समाज रुपन्देहीका अध्यक्ष राम बहादुर चन्दको अध्यक्षतामा समाजको तिलोत्तमा स्थित आफ्नै भवनमा सम्प्पन्न भएको थियो।

     बिभिन्न दलहरु बाट निर्बाचित तिलोतामा मेयर राम कृष्ण खाण,तिनपा ९ का सदस्य मिस्सु शाही,तिनपा ११ का राधा शाही र बुटवल उपमहानगर पालिका ११ का नहकुल शाही लगायत चार जना जन प्रतिनिधिहरुलाई कार्यक्रममा शुभकामना तथा मायाको चिनो प्रधान गरीएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिब समर बहादुर मल्लले गर्नुभएको थियो ।   
       सम्पूर्ण संरक्षकहरु,सल्लाहकार,कार्यसमिती पदाधिकारी,सम्पूर्ण क्षेत्र इकाइ अध्यक्ष लगायतको उपस्थिती रहेको उक्त कार्यक्रम नवनिर्बाचित नगरप्रमुख राम कृष्ण खाणको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा बक्ताहरुले जनताले विश्वाश गरी मत दिएकोले जनताको चाहना,आवश्यकता र नगर, वार्डको बिकाश हुने गरी काम गर्नुपर्नेमा जोडदिएका थिए ।


   

तपाईको प्रतिक्रिया