जेठ १८, काठमाडौं
सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आज पनि प्रतिनिधि सभामा छलफल हुँदैछ ।
हिजोदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम आज पनि जारी रहनेछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
हिजोको छलफलमा सत्तापक्षका सांसदहरूले बजेटको बचाउ गर्दा प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले भने चुनाव लक्षित, प्रचारमुखी र स्रोतको व्यवस्थापन नभएको भन्दै बजेटको आलोचना गरेका थिए । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।
तपाईको प्रतिक्रिया