00:00:00
राष्ट्रिय

विश्व सुर्तीजन्य पदार्थ बिरुद्धको दिवस, विभिन्न कार्यक्रम सहित मनाइदै

मंगलबार जेठ १७, २०७९/ Tuesday 05-31-22

जेठ १७,  काठमाडौं
आज मे ३१ अर्थात सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आह्वानमा हरेक वर्षको मे ३१ का दिन यस क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् । ‘सुर्तीजन्य पदार्थको प्याकेटलाई सादा बनाऔं’ भन्ने नारा सहित सुरु भएको यो दिवसले अहिले विश्वव्यापी दिवसको महत्व पाएको छ । नेपालमा पनि जनचेतनामुलक तथा विभिन्न गोष्ठि सहित यो दिवस मनाउने गरिन्छ ।

यसवर्ष ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । धुवाँ आउनेरनआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य  पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो ।

विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण ज्यान जाने गर्छ । चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै स्वास्थ्यका लागि हानिकारक छ भनेर उल्लेख गरिएको हुन्छ । 

 

तपाईको प्रतिक्रिया