आज गणतन्त्र दिवस, लुम्बिनी प्रदेशद्धारा कार्यक्रम आयोजना
जेठ १५ अर्थात आज गणतन्त्र दिवस । २ सय वर्ष भन्दा लामो समयदेखि नेपालमा राजकाज चलाइरहेको शाह वंशिय शासन सत्ता जनताको हालमा निहित भएको दिन को रुपमा यो दिवसलाई मनाईन्छ ।तत्कालिन राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण अधिकार राज्यमा निहित गर्दै २०६५ जेठ १५ गते नारायणहिटी छोडेका थिए । त्यसपछि हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।
यस वर्षको गणतन्त्र दिवस दिप प्रज्वलन गरेर मनाउनको लागि गृहमन्त्रालयले आग्रह गरेको छ । दिवसको अवसरमा राष्ट्रपति कार्यालयले जारी गरेको शुभकामना सन्देशमा गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनः स्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गर्दछु भनिएको छ ।यसैक्रममा प्रधानमन्त्री तथा नेपााली कांग्रेसका सभापति शेरबहादुर देउवा,र नेकपा एमालेका अध्यक्ष केपि शर्मा वलीले गाणतन्त्रको अवसरमा शुभकामना दिनुभएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले १५ औ गणतन्त्र दिवस बिविध कार्यक्रम गरि मनाउँदै छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले हिजोपत्रकार सम्मेलनको आयोजना गरि तीन दिनसम्म कार्यक्रम मनाउने जनाएकोे थियो । ३ दिने कार्यक्रम अन्तर्गत हिजो प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको बुटवलमा खुल्ला दौड प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा आजप्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा बिशेश कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने तथा भोली प्रदेशको कुनै एक ठाउँमा फलफूल तथा अन्य बिरुवा रोपण गर्ने कार्यक्रम तय भएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले मुलुकमा गणतन्त्र ल्याउन पत्रकारहरूको भुमिका महत्त्वपूर्ण रहेको भन्दै गणतन्त्र दिवस सफल बनाउन पत्रकारहरूसँग आग्रह गर्नुभयो ।
तपाईको प्रतिक्रिया