तिलोत्तमा २०७९ जेष्ठ १३
रुपन्देही स्थित नेपाल आयल निगमको डिपो भलवारीमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ११ः४० बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको दुई वटा पेट्रोल ट्रयाङ्करमा लागलागी भएको थियो ।
लागलागीबाट लु २ ख २६५६ नम्बरको ट्रयाङ्कर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताउनुभएको छ । आगलागीबाट ट्रयाङ्करका हेल्पर तिलोत्तमा नगरपालिका ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएको उनको हात र खुट्टा जलेको प्रहरी प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
घाइते चौधरीको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको र अवस्था सामन्य रहेको पौडेलले बताउनुभयो । आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले नियन्त्रणका लिएका थिए ।
तपाईको प्रतिक्रिया