जेठ ११, तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिका जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खांणले अग्रता कायमै छ ।
बिहान ९ः४५ बजेसम्मको मत परिणाम अनुसार ५२ हजार १ सय ८९ मत गणना हुँदा खांणले १९ हजार ८ सय ३१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले १८ हजार ८ सय ६८ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार जागेश्वरीदेखि चौधरी अग्रस्थानमा रहनुभएको छ । चौधरीले १८ हजार ५ सय ४७ मत प्रँप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेदवार माओवादी केन्द्रका हेमराज पाण्डेले ९ हजार १ सय ९६ मत प्राप्त गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया