जेठ ९, काठमाण्डौ
नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्यमा बृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन ९आन्तरिक० मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया