तिलोत्तमामा ५ वटा वडाको मत परिणाम सार्वजनिक ३ मा काँग्रेस ,२ वटामा एमालेको जीत
तिलोत्तमा ,बिन्दु भट्टराई ।
तिलोत्तमाको वडा नम्वर १५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ वडा नं १५ का वडा अध्यक्ष पदका उम्मेदवार खेमराज गुरुङ सहित महिला सदस्य क्षीतिजा पौडेल क्षत्री , दलित महिला सदस्य कल्पना पासी , सदस्य घनश्याम थापा र सोहरत प्रसाद चौधरी विजयी भएको हनुभएको हो ।
त्यस्तै रुपन्देहीको तिलोत्तमा १६ को अध्यक्षमा नेपाली काँग्रेसका झविलाल भुसाल निर्वाचित भएका छन् । भुसालले १ हजार ४ सय ७५ मत प्राप्त गर्दै विजयी हुन सफल हुनुभएको हो । यस वडामा मत गणनाको समयमा निर्वाचन कर्मचारीले अनियमितता गरेको भन्दै विवाद भएपछि पुन गणना गरिएको थियो ।
कूल ३ हजार २ सय १८ मत खसेको वडामा प्रत्यासी उम्मेद्वार नेकपा एमालेका केशव सिंह चौधरीलाई ९ मतले पछि पार्दै भुसाल विजयी हनुभएको हो । भुसालसँगै तिलोत्तमा १६ का लागि खुल्ला सदस्य, महिला सदस्य तथा दलित महिला सदस्य गरी सबै पदमा काँग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
यता वडा नम्वर २ मा पनि वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका डिलबहादुर भटराई विजयी हुनुभएको छ । । यो संगै तिलोत्तमामा अहिलेसम्म ५ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा वडा नंवर १६,१७ र २ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्वर १ र १५ गरी २ वडामा नेकपा एमाले विजयी भएको छ ।
तपाईको प्रतिक्रिया