रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा कांग्रेसका बस्याल र उप प्रमुखमा एमालेका ज्ञवाली बिजयी
जेठ ४, रुपन्देही
रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल बिजयी हुनुभएको छ । ७ हजार ९८३ मत प्राप्त गरी बस्याल विजयी हुनुभएकाने होे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गर्नुभयो ।
गाउँपालिकाको उपाध्यक्षमा एमालेका शान्तादेवि ज्ञवाली निर्वाचित हुनुभएको छ । ज्ञवालीले ६ हजार ६८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका शारदा भुसालले ३ हजार २५५ मत प्राप्त गर्नुभयो ।
शुद्धोधनको वडा नम्बर १ मा जसपाका उदयराज गडेरिया ९ सय ९२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जंग बहादुर यादवले ९ सय ९१ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर २ मा कांग्रेसमा कमल खडका क्षेत्री १ हजार ३ र सय १८ मत ल्याई विजयी हुनुभयो भने एमालेका किरण नेपालले १ हजार ३ सय ६ मत सहित दोश्रो हुनुभयो ।
वडा नम्बर ३ मा एमालेका हेम बहादुर खडका, वडा नम्बर ४ मा कांग्रेसका केशव प्रसाद अधिकारी, वडा नम्बर ५ मा कांग्रेसका चन्द्रमान चौधरी, वडा नम्बर ६ मा कांग्रेसकै उपेन्द्र सहानी र वडा नम्बर ७ मा पनि कांग्रेसकै भिम बहादुर यादव निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया