00:00:00
राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

सोमबार जेठ २, २०७९/ Monday 05-16-22

तिलोत्तमा । 
 भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । बिहान ७ बजे पहिलो पटक अन्तर्राष्ट्रिय जजिरा एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबारनै  प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । यो विमानले सोमबार राति साढे २ बजे नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया