तिलोत्तमा ।
बिन्दु भट्टराई ।
तिलोत्तमा १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । स्थानीय तह निर्वाचनमा वडा नम्बर एकबाट एमालेका उम्मेद्वार फर्सुराम गिरी सहित महीला वडा सदस्यमा गीता देवी न्यौपाने,दलित महीला सदस्य हिरादेवी विक, सदस्य निलम राना र विष्णुप्रसाद पाण्डे गरी प्यानल विजयी भएको हो । गिरीे नेपाली काँग्रेसका जोबन सिंह ठकुरीलाई १५६ मतले पछि पार्दै १ हजार ९ मतका साथ विजयी हुनुभएको छ । ठकुरीले १ हजार ४४३ मत प्राप्त गर्नुभएको छ । वडामा जम्मा ४ हजार ७७ मत खसेको थियो । अहिले मत गणना स्थलबाट विजयी र्याली निकालिने तयारी गरिदै छ । तिलोत्तमामा जम्मा १७ वटा वडा रहेको छ । जसमा वडा नं १ र १७ नम्वर वडाबाट मत गणना शुरु भएको थियो । अहिले १६ र १७ को मतगणना भईरहेको छ ।
तपाईको प्रतिक्रिया