00:00:00
स्थानिय

पाल्पाको पूर्वखोला गाउँपालिकाको सबै वडामा एमाले बिजयी 

सोमबार जेठ २, २०७९/ Monday 05-16-22


पाल्पा, जेठ २
पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा नेकपा एमाले विजयी भएको छ । 

अध्यक्षमा ननुबहादुर थापा निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ३९ मत पाउनुभयो भने एकीकृत समाजवादीका मीनप्रसाद गिरीले १ हजार २५७ मत मात्र पाउनुभएको छ ।  उपाध्यक्षमा एमालेका भागीरथी भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ८९४ मत पाउनुभयो भने नेपाली कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाउनुभएको छ ।

वडा नम्बर १ सिलुवामा  गिरिमान आले, वडा नंं २ जल्पामा  निरबहादुर सारु, वडा नंं. ३ रिङनेरहमा कृष्णप्रसाद भट्टराई,  वडा नंं ४ देवीनगरमा मेहरसिंह थापा,  वडा नं. ५ विरकोटमा  विष्णुकुमार पल्ली  र वडा नं. ६ हेकलाङमा धनबहादुर घर्ती विजयी भएका छन । पाल्पाको पुर्वखोलामा स्थानीय तह निर्वाचन २०७४ मा पनि नेकपा एमालेले क्लिन स्विप गरेको थियो । 

तपाईको प्रतिक्रिया