तिलोत्तमामा चालक, सहचालक तथा कर्मचारीका लागि सरसफाई सम्बन्धि सचेतना मूलक कार्यक्रम
तिलोत्तमा । तिलोत्तमा नगरपालिका भित्र चल्ने टिप्परहरूका चालक, सहचालक तथा कर्मचारीका लागि सरसफाई सम्बन्धि सचेतना मूलक कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरस्तरीय टोल विकास संस्था सञ्जालको आयोजनामा सडकमै सचेतना दिने र यातायातका साधनमा स्टीकर टाँस गर्ने कार्य अन्तरगत बुधवर तिलोत्तमाको शंखरपुरमा टिप्परहरुलाई लक्षित गरी सचेतना मुलक कार्य गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाले संचालन गरिरहेको सरसफाई कार्यमा सडकमा गुड्ने गाढीहरुले सफाइ गरी सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले खुला पलाष्टिक, पानीका बोतल तथा अन्य फोहोर जन्य बस्तुहरु बाटोमा नफाल्न आग्रह गर्नुभयो ।
सडकमा चालक तथा सहचालकहरुलाई सचेतना दिँदै नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरीले सवैको सहकार्यबाट तिलोत्तमाले लिएको सफा नगरपालिकाको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, नगरसञ्जालका अध्यक्ष हेमराज पौडेल, खोरखनाथ खनाल,अल्पा घिमिरे लगायतले सरसफाई सम्बन्धी सचेतना दिँदै नगरपालिकाको अभियानमा हातेमालो गर्न अग्रह गर्नुभएको थियो ।
सडक सचेतना कार्यक्रममा ट्राफिक प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलगायतको सहभागितामा टिपर व्यवसायी, चालक तथा सहचालकका लागि सचेतना दिइएको थियो ।
तपाईको प्रतिक्रिया