00:00:00
स्थानिय

उत्पादित बस्तुको गुणस्तर र लेबलिङ्गका विषयमा कार्यशाला गोष्ठी  बुटवलमा सम्पन्न

मंगलबार फाल्गुण २४, २०७८/ Tuesday 03-08-22

तिलोत्तमा । 
बिन्दु भट्टराई
उत्पादित बस्तुको गुणस्तर र लेबलिङ्गका विषयमा कार्यशाला गोष्ठी  बुटवलमा सम्पन्न भएको छ ।  घरेलु तथा साना उद्दोग कार्यालय शिद्दार्थनगर को आयोजना तथा नेपाल घरेलु तथा साना उधोग महासंघ रुपन्देहिको समन्वयमा भएको कार्यक्रममा व्यापार ब्यबसायको क्षेत्रमा हुने नापतौल सम्बन्धी ठगी, अनियमितता  र कालोबजारीको विषयमा छलफल भएको थियो । ब्यापारिले सामान खरिद गर्दा एउटा ढक प्रयोग गर्ने र बिक्री गर्दा अर्को ढक प्रयोग गर्ने जस्ता  गंभीर समस्या देखिएको भन्दै सहि अनुगमन गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका थिए । 
कार्यक्रममा नेपाल घरेलु तथा साना उधोग महासंघ रुपन्देहीका अध्यक्ष धु्रबकुमार धितालले नेपालबाट आउने सामानहरुका विषयमा छ्लफल हुने तर बिदेशबाट आउने सामानहरुप्रती कसैले चासो नदिने गरेको भन्दै बिदेशी सामानहरुमा बिशेष अनुगम गरिनुपर्ने खांचो औंल्याउनुभयो । त्यस्तै घरेलु तथा साना उधोग कार्यालय शिद्दार्थनगरका प्रमुख रामप्रसाद ज्ञवालिले चार्ड पर्वमा मात्र चुस्त पारिने अनुगमनलाई बढाउनुपर्ने र आम उपभोक्तालाई सचेत गराउनु पर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक, नेपाल घरेलु तथा साना उधोग महासंघ रुपन्देहिका निबर्तमान अध्यक्ष कन्हैयालाल कशौधन, सचिव देवानन्द पान्डे, सीता क्षत्री, बिमल भट्टराई लगायतले बोल्नुभएको कार्यक्रमको सहजीकरण गुणस्तर तथा नापतौल कार्यालय रुपन्देहिका अधिकृत दिपेन्द्र रोकायाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया