राष्ट्रिय
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी पनि बढ्यो
शुक्रबार फाल्गुण २०, २०७८/ Friday 03-04-22
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले गए राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएर १५० रुपैयाँ पु¥याएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।
तपाईको प्रतिक्रिया