00:00:00
राष्ट्रिय

हिमाली क्षेत्र आसपासमा बसोबास गर्ने वौद्धमार्गी समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै

बिहीबार फाल्गुण १९, २०७८/ Thursday 03-03-22

हिमाली क्षेत्र आसपासमा  बसोबास गर्ने वौद्धमार्गी समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । 
ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ । यस वर्ष चाँही बाघको वर्ष भएको बताइन्छ । पछिल्लो वर्ष गोरुको वर्ष थियो भनें यस वर्ष चाँही बाघको वर्ष हो ।

तिन प्रकारका ल्होसारहरु मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।


एक किंवदन्ती अनुसार भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरूबिच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुर सँग पराजित हुन्छन् । त्यहि बेला भगवान् बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रु का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्छन् । यस विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।त्यस्तै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ ।  यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयको सूचनाअनुसार आज सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन् ।

तपाईको प्रतिक्रिया