00:00:00
राष्ट्रिय

भोलि देशभरको मौसम बद्ली हुने

बिहीबार फाल्गुण १२, २०७८/ Thursday 02-24-22

तिलोत्तमा । भोलि देशभरको मौसम बद्ली हुने,  मेघगर्जनसहित वर्षाको सम्भावना भएको मौसमविद्ले बताएका छन् । तर आज भने  देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहेने  मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

 लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश(१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन ।

यस्तै, यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको  सम्भावना रहेको  पनि भट्टराईले बताउनुभयो । भोलि राति पनि देशका धेरै ठाउँमा पानी पर्ने उहाँले बताउनुभयो । पर्सि पनि पश्चिमी वायुको असर पर्ने भएकाले वर्षा र हिमपातको सम्भावना छ उहांले भन्नुभयो ।
 

तपाईको प्रतिक्रिया