00:00:00
मनोरन्जन

उपन्यास 'मलिलो माटो'को लोकार्पण

शनिबार फाल्गुण ७, २०७८/ Saturday 02-19-22

विन्दु भट्टराई 

तिलोत्तमा । महिला अधिकार तथा भूमिकाका बारेमा लेखिएको उपन्यास मलिलो माटोको लोकार्पण गरिएको छ । 
आज तिलोत्तमाको ड्राइभरटोलमा एक कार्यक्रमकाबीच महानायक राजेश हमाल र तलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले सपना आचार्यद्धारा लिखित मलिलो माटोको संयुक्त रुपमा लोकापर्ण गर्नुभयो । 
कृतिका बारेमा बोल्दै महानायक हमालले मानवीय असीमित चहानालाई शिलशीलेबार रुपमा कृतिमा समेट्न सफल भएको बताउनुभयो । उहाँले कृतिमा जीवन भोगाईका साथै दार्शनिक विषयहरु समेत सामेल गरिएको बताउनुभयो । 
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख घिमिरेले साहित्यमा नयाँ नयाँ धारहरू विकास भैरहेको स्मरण गर्दै सिर्जनशील समाजको विकासमा साहित्यले परोक्षरुपमा भूमिका खेल्ने गरेको बताउनुभयो । उहाँले साहित्यमा उठान हुने विषयले समाजलाई दिशा निर्देश गर्ने हुँदा लेखक जिम्मेवार बन्नु पर्ने बताउनुभयो । 
महिला अधिकारकर्मी इन्दिरा आचार्य र तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीका स्टेशन प्रमुख मिनाक्षी न्यौपानेले कृतिमाथि टिप्पणी गर्नुभएको थियो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेको अध्यक्षता, इन्दिरा अर्यालको संचालनमा भएको कार्यक्रममा डा.रवीन्द्र समीरले शहजीकरण गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया