00:00:00
राष्ट्रिय

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ’क्यालिब्रेशन फ्लाइट’

शुक्रबार फाल्गुण ६, २०७८/ Friday 02-18-22

तिलोत्तमा । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जहाज एरो थाइको क्यालिव्रेशन गर्ने हवाइजहाज भैरहवा विमान स्थलमा आइ पुगेको छ । पाइलट,को–पाइलट, प्राविधिकसहित ७ जनाको टोली हवाइजहाजबाट आएको विमानस्थलको महाप्रबन्धक गोविन्दप्रसाद दहालले बताउनुभयो यो जहाजले आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ’क्यालिब्रेशन फ्लाइट’ अर्थात् परीक्षण उडान गर्नेछ । जहाजले १० दिनसम्म विमानस्थलमा परीक्षण उडान गर्नेछ । परीक्षण उडानका क्रममा भैरहवामा हुने आन्तरिक उडान प्रभावित हुनेछ । बिहान १० देखि बेलुका पाँच बजेसम्म परीक्षण उडान हुने भएकाले त्यो समयमा आन्तरिक उडान ठप्प हुनेछन् । यसैबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ गते बुद्ध पूर्णिमा देखि व्यावसायिक उडान सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको उनले बताए ।

तपाईको प्रतिक्रिया