'आज पनि कमजोर वर्गहरुको सुचनाको मुख्य साधन रेडियो नै हो'
तिलोत्तमा । रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । यसकै निरन्तरता स्वरूप आज ११ औं विश्व रेडियो दिवस विश्वका रेडियो, रेडियोकर्मी र यससँग जुटेका अर्बौँ श्रोताका लागि विशेष बनेको छ ।
यसैसन्दर्भमा शुभकामना शन्देश दिदै सामुदायिक प्रसारक संघ अकोरावका पुर्वअध्यक्ष तथा रेडियो लुम्विनीका पुर्वअध्यक्ष पत्रकार मोहन चापागांइले कमजोर वर्गहरुको सुचनाको मुख्य साधन आज पनि रेडियोनै भएको बताउनुभएको छ । आज विहान रेडियो लुम्विनीसंग कुराकानी गर्दै उहांले आवाजविहिनहरुका लागि रेडियोको सान्दर्भिकता एउटा वर्गसंग क्षेत्रसंग कमजोर हुन सक्छ तर समग्र आज पनि रेडियो कमजोर नभएको तर रेडियोबाट प्रसारण गरिने सामाग्रीहरुको विषयमा छलफल हुनुपर्नेमा जोड दिनुभयो ।
उहांले रेडियो समाजलाई महत्वपुर्ण योगदान पुर्याउने साधनका रुपमा प्रयोग भईरहेका रेडियोले समाज परिवर्तनमा गरेको योगदानबापत राज्यले अनुदान दिने सट्टमा विभिन्न वाहानामा कर लगाउने गरेको सन्दर्भलाई जोड्दै राज्यको नितिहरु रेडियोहरुको पक्षमा नभएको टिप्पणि गर्नुभएको छ । साथै उहांले रेडियोबाट प्रसारण हुने सामाग्री तथ्यमा आधारित भन्दा पनि दृष्टिकोणमा आधारीत भएकोले अहिलेको समाजको गती अनुरुप रेडियोहरु अगाडि बढ्न नसकेको समेत बताउनुभयो ।
सन् २०११ मा विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदान स्वरूप यससँग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरूको सम्मानमा आजको विशेष दिनलाई विश्वभर विश्व रेडियो दिवस् को रूपमा मनाउने घोषणा गरेको हो ।
तपाईको प्रतिक्रिया