राष्ट्रिय युवा संघ तिलोत्तमा वडा नं. ५ को वडा कमिटिमा नयाँ नेतृत्व
तिलोत्तमा । राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा वडा नं. ५ को वडा कमिटि चयान भएको छ । आज भएको अधिवेशनबाट संन्दिप नेपालीको नेतृत्वमा २३ सदस्यीय वडा कमिटि चयन भएको हो । जसको उपध्यक्ष शुनिल बुढाथोकी, सचिवमा किसन श्रेष्ठ, सहसचिवमा सागर पौडेल तथा कैशिला रायमाझी र कोषाध्यक्षमा विक्की थापा चयन हुनुभएको नेकपा एमाले नगर कमिटी सचिवालय सदस्य मनिश कुमार अधिकारीले जनाकारी दिनुभयो ।
अधिवेसनको उद्घाट सत्रलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेशसभा सदस्य लिला गिरीले देश निर्माणको अभियानमा युवा सक्रीय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । युवाहरु नै देश निर्माणको संवाहक भएको बताउँदै नेता गिरीले देश विकासको लक्ष्य सहित राजनीतिक नेतृत्व लिन पनि युवाहरुलाई आग्रह गुर्नभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले युवाहरु सिर्जनशील कार्य गर्दै संगठित रुपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले संगठित रुपमा गरिने कार्यले सवैको भलो हुने भन्दै युवाहरुलाई देश विकासको यात्रामा सरिक हुन आग्रह गुर्नभयो ।
अधिवेशनलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमन पुरीले युवा संघले युवाहरुका समस्या समाधानका लागि निरन्तर संघर्ष गरिरहेको बताउभुयो । उहाँले देशको राजनीतिलाई सही दिशा दिन पनि युवा संघ सक्षम रहेको स्मरण गर्नुभयो ।
नेकपा एमाले प्रदेश कमिटि सदस्य लक्ष्मण ज्ञवाली, एमाले रुपन्देही जिल्ला कमिटि सचिव यज्ञ गैरे, जिल्ला सदस्य मनोज गौचन, नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मोहन चापागाई, राष्टिय युवा संघ नेपाल केन्द्रिय आयोजक कमिटी सदस्य कल्पना पाण्डे, नेकपा एमाले तिलोत्तमा नगरकमिटि अध्यक्ष तामनाथ पाण्डे, जनप्रतिनिध तथा नेता चेतनाराण भण्डरीलगाएतले बोल्दै युवाहरु सचेततापूर्वक राष्ट्रियताको रक्षा गर्दै विकास अभियानमा जोडिनु पर्ने बताउनुभएको थियो ।
युवा संघ वडा नं. ५ का वडा कमिटिका निर्वातमान अध्यक्ष दिपेश कडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन वडा कमिटि सचिव दिपेन्द्र अधिकारीले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया