00:00:00
राष्ट्रिय

तराईका केही स्थानमा हुस्सु र कुहिरो, दिउँसो देशका अधिकांश स्थानमा घाम लाग्ने

शुक्रबार माघ २८, २०७८/ Friday 02-11-22

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण आज बिहान देशका उच्च पहाडी भू–भागहरुमा मौसम बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद् प्रधानाङ्गले बताए । तर‚ प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षा र सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । बाँकी प्रदेशमा भने मौसम सफा रहने छ ।

तपाईको प्रतिक्रिया