रेडियो लुम्बिनीको वार्षिक साधारण सभा
'गैरनाफामूलक संस्थालाई राज्यले सहयोग गर्नु आवश्यक छ'
दिवाकर पन्थी
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको आज २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईको प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य लीला गिरीको आतिथ्यमा भएको साभारण सभाले अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्वारा प्रस्तुत विभिन्न प्रस्तावहरुसहितको वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै केशवराज गौतमद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन तथा कोषध्यक्ष विष्णुप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाका उपाध्यक्ष अर्जुनराज उपाध्यायको स्वागतमा भएको साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले रेडियो लुम्बिनीले लोकतन्त्र स्थापना ,राजतन्त्रको अन्त्य तथा सामाजिक न्याय स्थापना र विकृति अन्त्यका लागि महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । पछाडि परेको समुदायको भाषा, संस्कृति उत्थानका निम्ति रेडियो लुम्बिनीको भूमिकाको प्रसंसा गर्दै अब तिलोत्तमा टेलिभिजन समेत लोकतन्त्रको विकास र समृद्धिका निम्ति लाग्नुपर्ने बताउनुभयो ।
यो संस्था गैरनाफामूलक संस्था भएकोले राज्यले पनि यसलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले संस्थाले टेलिभजन समेत सञ्चालन गरेकोमा आभार प्रकट गर्दै कठिन परिस्थितिमा प्रतिस्पर्धी बनेर अगाडि बढ्न शुभकामना दिनुभयो । उहाँले रेडियोले विकास र समृद्घिका कामको सूचना जनमानसमा पु¥याई कार्यवोधका निम्ति समेत आभिप्रेरित गरेको भन्दै सचेतना अभिवृद्मा अझै लागि पर्न सुझाव दिनुभयो ।
संस्थाका सल्लाहकार दधिराम न्यौपाने, पूर्व अध्यक्षहरु अर्जुन ज्ञवाली, कृष्णप्रसाद नेपाल, लक्ष्मण ज्ञवाली, सल्लाहकार ऋषिराम भुसालको आतिथ्य रहेको कार्यक्रममा पूर्व अध्यक्षहरू डिआर घिमिरे, दुजेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका सञ्चालक सदस्य मधुकला कुँवरको धन्यवाद ज्ञापन र स्टेशन प्रमुख मीनाक्षी न्यौपानेको सञ्चालनमा भौतिक र भर्चुअल रुपमा भएको साभारण सभामा संस्थाका सञ्चालकसमितिका सदस्यहरु, लेखासमितिका सदस्यहरु र पत्रकारहरुको एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कोभिड १९ का कारण गत २४ गतेदेखि सुरु भएको संस्थाको आज २३ औ वार्षिक साधारण सभाको मूल समारोह सम्पन्न भएको हो । साधारण सभाकोे रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो भने रेडियोका अन्य सदस्यहरु भर्चुअल रुपमा सहभागी हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया