00:00:00
स्थानिय

रेडियो लुम्बिनीको वार्षिक साधारण सभा

'गैरनाफामूलक संस्थालाई राज्यले सहयोग गर्नु आवश्यक छ'
बिहीबार माघ २७, २०७८/ Thursday 02-10-22

दिवाकर पन्थी 

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित  सामुदायिक रेडियो लुम्बिनी तथा तिलोत्तमा  टेलिभिजनको आज २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ  । 
संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईको प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य  लीला गिरीको आतिथ्यमा भएको साभारण सभाले अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्वारा प्रस्तुत  विभिन्न प्रस्तावहरुसहितको वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै केशवराज गौतमद्वारा प्रस्तुत  लेखा समितिको प्रतिवेदन तथा कोषध्यक्ष विष्णुप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाका उपाध्यक्ष अर्जुनराज उपाध्यायको स्वागतमा भएको साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले रेडियो लुम्बिनीले लोकतन्त्र स्थापना ,राजतन्त्रको अन्त्य तथा सामाजिक न्याय स्थापना र विकृति अन्त्यका लागि महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । पछाडि परेको समुदायको भाषा, संस्कृति  उत्थानका निम्ति रेडियो लुम्बिनीको भूमिकाको प्रसंसा गर्दै अब तिलोत्तमा टेलिभिजन समेत लोकतन्त्रको विकास र समृद्धिका निम्ति लाग्नुपर्ने बताउनुभयो । 
यो संस्था गैरनाफामूलक संस्था भएकोले राज्यले पनि यसलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले संस्थाले टेलिभजन समेत सञ्चालन गरेकोमा आभार प्रकट गर्दै कठिन परिस्थितिमा प्रतिस्पर्धी बनेर अगाडि बढ्न शुभकामना  दिनुभयो । उहाँले  रेडियोले विकास र समृद्घिका  कामको सूचना जनमानसमा पु¥याई कार्यवोधका निम्ति समेत आभिप्रेरित गरेको भन्दै सचेतना अभिवृद्मा अझै लागि पर्न सुझाव दिनुभयो ।

संस्थाका सल्लाहकार दधिराम न्यौपाने, पूर्व अध्यक्षहरु  अर्जुन ज्ञवाली, कृष्णप्रसाद नेपाल, लक्ष्मण ज्ञवाली, सल्लाहकार ऋषिराम भुसालको आतिथ्य रहेको कार्यक्रममा पूर्व अध्यक्षहरू डिआर घिमिरे, दुजेन्द्र बस्नेत लगायतले  शुभकामना मन्तव्य राख्नुभएको थियो । 
संस्थाका सञ्चालक सदस्य मधुकला कुँवरको धन्यवाद ज्ञापन र स्टेशन प्रमुख मीनाक्षी न्यौपानेको सञ्चालनमा भौतिक र भर्चुअल रुपमा भएको साभारण सभामा संस्थाका सञ्चालकसमितिका सदस्यहरु, लेखासमितिका सदस्यहरु र पत्रकारहरुको  एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
कोभिड  १९ का कारण गत २४ गतेदेखि सुरु भएको संस्थाको आज २३ औ वार्षिक साधारण सभाको मूल समारोह सम्पन्न भएको हो । साधारण सभाकोे रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो भने रेडियोका अन्य सदस्यहरु भर्चुअल रुपमा सहभागी हुनुभएको थियो । 

तपाईको प्रतिक्रिया