00:00:00
राष्ट्रिय

मतदाता नामावली संकलन आजदेखि स्थगित

मंगलबार माघ २५, २०७८/ Tuesday 02-08-22

काठमाण्डाैं २०७८ माघ २५

   ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम आज मंगलबारबाट स्थगित गरिएको छ ।

       निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो। आयाेगले मतदाता नामावली प्रकाशनकाे तयारी गरेकाे छ ।

     कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो। हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयाेगकाे प्रारम्भिक तथ्यांक रहेको छ ।

तपाईको प्रतिक्रिया