00:00:00
स्थानिय

प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुग्यो

शनिबार माघ २२, २०७८/ Saturday 02-05-22

        प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लगिँदै गरेको प्रहरीले बताएको छ।

 

तपाईको प्रतिक्रिया