काठमाण्डौ २०७८ माघ १८
सरकारले किसानले प्राप्त गर्ने दूधको मूल्य बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकारले दुधको मूल्य ६।५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६।०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९।५२ रुपैयाँ थियो । किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।
तपाईको प्रतिक्रिया