00:00:00
राष्ट्रिय

ट्रंक लाइनको शुल्क उद्योगीले नतिरे लाईन काटिन्छ : शाह

सोमबार माघ १७, २०७८/ Monday 01-31-22

भैरहवा । सार्वजनिक लेखा समिति सभापति भरत शाहले ट्रंक लाइनको शुल्क उद्योगीले नतिरे लाईन काटिने बताउनुभएको छ । भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको कार्यक्रममा बोल्दै शाहले संसदीय लेखा समितिले आठ अर्ब विद्युत महशुल पनि असुल गर्न विद्युत् प्राधिकरणलाई पत्राचार गरेको बताउनुभयो । 


नेपालमा विदेशी मुद्राको संचिती घटे पनि डुब्ने स्थिति नरहेको बताउँदै उहाँले आयात अत्यधिक मात्रामा रहेकाले केही आर्थिक मन्दी आएको बताउनुभयो ।  यसलाई सन्तुलन गर्न राष्ट्र बैंकले प्रति स्थानीय तहहरूले पनि अब विकास निर्माणका काम गर्न पुँजीगत खर्च खर्चिने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हट्ने सभापति शाहको विश्वास छ ।
 

तपाईको प्रतिक्रिया