राष्ट्रिय
प्रधानमन्त्री देउवाले ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
शुक्रबार माघ ७, २०७८/ Friday 01-21-22
काठमाण्डौ २०७८ माघ ७
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्वोधन गर्न लाग्नुभएको हो । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री हुनुभएको थियो । सर्वोच्च अदालतको परमादेशको बलमा देउवा प्रधानमन्त्री चयन हुनुभएको थियो । देउवा प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।
तपाईको प्रतिक्रिया