00:00:00
स्थानिय

तिलोत्तमामा कार दुर्घटना : श्रीमान–श्रीमती गम्भीर घाइते

दुर्घटनाबाट बुद्ध मूर्तिमा क्षति
आइतबार माघ २, २०७८/ Sunday 01-16-22

बुटवल २०७८ माघ २

     रुपन्देहीको तिलोत्तमामा कार अनियन्त्रित भई दुर्घटना हुँदा एक दम्पत्ती गम्भीर घाइते भएका छन । शनिबार साँझ सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश १०२६ च ५७७२ नम्बरको कार बुटवल भैरहवा सडक खण्डको कोटिहवामा अनियन्त्रित भई डिभाइडरमा रहेको बुद्धमूर्तिमा ठोक्किएको थियो ।

     दुर्घटनामा परी कारमा सवार तिलोत्तमा–१५ का ४५ वर्षीय गणेश गुरुङ र उनकी ४० वर्षीया श्रीमती शकुन्तला गुरुङ गम्भीर घाइते हुनुभएको छ । गुरुङ श्रीमान–श्रीमतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताउनुभयो ।

   उनीहरुलाई उपचारका लागि मणिग्रामस्थित क्रिमशन अस्पताल लगिएको प्रवक्ता पौडेलले बताउनुभयो । दुर्घटनाबाट बुद्ध मूर्तिमा क्षति पुगेको प्रहरी प्रवक्ता पौडेलले जानकारीदिनुभयो ।

तपाईको प्रतिक्रिया