जनउत्थान बचत तथा ऋण शहकारी संस्था लि को १६ औं वार्षिक उत्सब सम्पन्न
रुपन्देही तिलोत्तमा
२०७८ पौष ३
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिको १६ औं वार्षिक उत्सब तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम आज मणिग्राममा सम्पन्न भएको छ ।
मणिग्राम शाखा संयोजक जमुना तिवारीको अदक्षतामा भएको कार्यक्रममा ७० बर्ष माथिका २५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरीएको थियो । त्यसैगरी बाख्रा पालक दुई जना कृषकलाई १०/१० हजार सहुलियत कर्जा र ५ जना गरीब तथा जेहेन्दार बिद्ध्यार्थीलाई जनही ५ हजाररुपैयाका दरले छात्रवृती प्रदान गरीएको थियो ।
तिलोत्तमा नगरपालिका ५ का वडा अध्यक्ष चेत नारायण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन शाहकारीका संचालक सदस्य मुकुन्द ज्ञवालिले गर्नुभएको थियो। स्वागत मन्तब्य राख्दै परामर्श कार्यदल संयोजक रामेश्वोर ढकालले संस्थाको बारेमा जानकारी दिनुभएको थियो भने संस्थाका सचिब सरु रानाले सहकारीका ८ वटा शाखा संचालनमा रहेको र सबैमा आज एकै पटक वार्षिक उत्सब कार्यक्रम उद्घाटन गरिएको र दुई वटा शाखा पनि छिट्टै सन्चालनमा आउने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिलोत्तमा ५ का वडा अध्यक्ष चेत नारायण भण्डारीले जनउत्थान यो क्षेत्रमै उत्कृष्ट र अरु भन्दा धेरै फरक रहेको बताउदै बधाई तथा सफलताको शुभकामना दिनुभयो । कुल ३१ हजार सदस्य रहेको सहकारीको शेयर पूँजी २३ करोड र कूल पूँजी २ अर्ब ४५ करोड रहेको छ ।
संस्थाले
अधिक्तम ५० लाख सम्मको ऋण उपलब्ध गराउनुका साथै प्रत्येक बर्ष जेष्ठ नागरिक सम्मान, रक्तदान कार्यक्रम जस्ता बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । संस्थाबाट सदस्यहरुले ए टि एम, किउ आर कोर्ड, ई बैंकिंङ्ग जस्ता सुबिधा लिदै आइरहेका छन् ।
तपाईको प्रतिक्रिया