राष्ट्रिय
इन्जिन फेल भएपछि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण
बिहीबार पौष १, २०७८/ Thursday 12-16-21
काठमाण्डौ २०७८ १ पुस
बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले चितवनको भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो ।
जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए। त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको हो ।
१८ जना यात्रु रहेको जहाज अहिले धावनमार्ग मै रहेको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेका छन्।
तपाईको प्रतिक्रिया