00:00:00
स्थानिय

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।

शुक्रबार मङ्सिर २४, २०७८/ Friday 12-10-21

दाङ २०७८ मंसिर २४

   दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । दाङमा गए राति भएको दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१६ का ४३ वर्षीय युवराज चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेका चन्द चढेकाे रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरोले घोराही-१६ मा ठक्कर दिएको थियो । गम्भीर घाइते भएका चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा गएराति नै ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।  

ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया