00:00:00
स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियाे : डब्ल्यूएचओ

शनिबार मङ्सिर ११, २०७८/ Saturday 11-27-21

काठमाण्डाै २०७८ मंसिर ११

   कोरोना भाइरसको नयाँ भेरियन्टले थप चिन्तित बनाएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ।

नयाँ भेरियन्टलाई डब्ल्यूएचओले 'ओमिक्रोन' नाम दिएको छ । गएको बुधवार दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ । नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले दक्षिण अफ्रिकासँगको हवाई सम्बन्धविच्छेद गरेका छन् ।

 नयाँ भेरियन्टको सङ्क्रमणको प्रभाव बुझ्न अझै केही हप्ता लाग्ने डब्ल्यूएचओले बताएको छ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले नयाँ भेरियन्टले थप खतराको सङ्केत गरे पनि यसको समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ भेरियन्टले सङ्क्रमणदर बढाउने र खोपको प्रभावकारिता कम हुन सक्ने भन्दै वैज्ञानिक चिन्तित बनेको खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया