काठमाण्डाै- २०७८ मंसिर ६
आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु हुँदैछ । राप्रपाले काठमाण्डौमा आउँदो १५ गतेदेखि १७ गतेसम्म हुने महाधिवेशनका लागि देशका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयनको लागि चुनाव हुने जनाएको छ । दुई हजार नौ सय ७० प्रतिनिधि छनोटका लागि आज, भोलि र पर्सि महाधिवेशन प्रतिनिधिको चुनाव हुने तालिका छ ।
हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनाेट गर्ने राप्रपाले जनाएको छ । यसअघि गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि राप्रपाले जनाएको छ ।
तपाईको प्रतिक्रिया