00:00:00
स्थानिय

इन्धनको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्वारा बुटवलमा सडक बन्द

बिहीबार कार्तिक २५, २०७८/ Thursday 11-11-21

बुटवल २०७८ कार्तिक २५ 

         इन्धनको मूल्यवृद्धि विरुद्ध विद्यार्थीले बुटवलमा विरोध तथा आन्दोलन गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका छन् ।

निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि मुल्यवृद्धिको चर्को विरोध भएको हो। निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो । 

आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको थियो। पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ, डिजल ११९ रुपैयाँ कायम भएको छ।

हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा पाँच रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताउनुभयो। अब हवाई इन्धन प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ। यसैगरी, निगमले ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। अब ग्यास प्रतिसिलिण्डर १५७५ रुपैयाँ कायम भएको छ। 

इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियू रुपन्देहीले मूल्यवृद्धि तुरुन्त फिर्ताको माग गर्दै बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको थियो। 

तपाईको प्रतिक्रिया