00:00:00
स्थानिय

कपिलवस्तुमा ६ लाखसहित ३१ जुवाडे पक्राउ

शुक्रबार कार्तिक १९, २०७८/ Friday 11-05-21

कपिलबस्तु २०७८ कार्तिक १९ 

         इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा कपिलवस्तुको बाणगंगा नगरपालिकामा २ स्थानबाट ३१ जुवाडेहरु पक्राउ गरेको छ । जुवा खालबाट ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

     बाणगंगा नगरपालिका २ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना पक्राउ परेका हुन् । यसै गरी वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट रातको २ बजे १९ जना जुवाडे पक्राउ परेका छन । पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाउने चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरू हाइ प्रोफाइल व्यापारी भएको कारणले नाम सार्वजनिक गराएको छैन । 

तपाईको प्रतिक्रिया