काठमाण्डौबाट बाहिरिनेलाई बसपार्कमा कोरोना विरुद्धको खोप लगाइँदै
काठमाण्डाै २०७८ कार्तिक १६
काठमाण्डौबाट तिहारका लागि बाहिरिनेलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । अहिले बिहानदेखि नै काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपकाे व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका जनाएको छ । त्यसका लागि काठमाण्डौबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारीदिए अनुसार कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ । पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने छ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइनेछ । परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने डाक्टर अधिकारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया