00:00:00
स्थानिय

गृहमन्त्री खाँणको रुपन्देही समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिवद्धता

सोमबार कार्तिक १, २०७८/ Monday 10-18-21

रुपन्देही २०७८ कार्तीक १  

           गृहमन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आएका गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा रहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल र एकिकृत भन्सार चौकीको बिकासको कार्ययोजना तयार पारेको बताउनुभएको छ । खाँणले बिमानस्थल छिटो भन्दा छिटो सन्चालनमा ल्याउन सार्थक प्रयास गरि रहेको बताउनुभयो । यस्तै गल्छी–चितवनमा सुरुङ मार्गको बिषयमा पनि सरकारले प्रयत्न गरि रहेको र यो रुट तयार भएपछि काठमाण्डौं र बिशेष गरि पश्चिमी तराई क्षेत्र जोडिने बताउनुभयो ।

फरक प्रसंङ्गमा बोल्दै खाँणले अहिले कांग्रेस बिभिन्न गठबन्धन संग मिलेर सरकारमा जानु परेको जिकिर पनि गर्नुभयो । कांग्रेसले नचाहिदा नचाहदैे निकास दिन सरकारमा गएको बताउदै गठबन्धन प्रति सम्मान ब्यक्त गर्नु पर्ने भन्नुभयो । पार्टीलाई जोगउदै गठबन्धनलाई सम्मान गर्नु पर्ने खाँणको भनाई थियो ।

नेपाली कांग्रेसका नेता प्रेम नारायण खरेलको शोक सभामा भाग लिन रुपन्देही आउनुभएको गृहमन्त्री खाँणले शोक सभा पछि बुटवलको ज्योतीनगरमा गएको पहिरोको निरिक्षण गरि समुचित ब्यवस्था गर्न, यहाका सुरक्षा निकायका प्रमुखहरुसित बैठक गर्ने लगायतको कार्यक्रम रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया