00:00:00
राष्ट्रिय

बुधबार सम्म नै पानी पर्ने सम्भावना

सोमबार कार्तिक १, २०७८/ Monday 10-18-21

काठमाण्डाै २०७८ कार्तिक १ 

          देशभरको मौसम पूर्ण रुपमा बदली भएको छ । आज लुम्बिनी प्रदेश, गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ तथा प्रदेश १, २ र वाग्मतीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि पानी परेको छ । लुम्बिनी र सुदूरपश्चिमका एक/दुई ठाउँमा गएराति ठूलो पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । मनसुन सकिएर परेको पानी जमिनले नै सोस्ने भएकाले पानी परेका ठाउँमा पहिरो जान सक्ने भएकाले सचेत रहन पनि वहाँले आग्रह गर्नुभएको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना छ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको नेपालमा संयुक्त प्रभाव रहेको छ । पर्सि बुधबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले बुधबारसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

तपाईको प्रतिक्रिया