कृष्ण पोखरेल,तानसेन
२०७८ असोज २४
सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा सवारी साधन ठक्करबाट आईतवार विहान एक पैदल यात्रीको मृत्यु भएको छ । विहानको समयमा सडकमा हिडिरहेको अवस्थामा सवारी साधनको ठक्कर बाट बटुवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नंं २ पोखराथोक छतिवनका ५९ बर्षिय श्याम बहादुर रोकाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभएको छ ।
पैदलयात्रु रोकाहा लाई ठक्कर दिई फरार रहेको ग २ ख ३३५ नम्वरको चालक पछी पक्राउ गरेको छ । घाईते अवस्थामा रहेका रोकाहा लाई मिशन अस्पताल तानसेन तर्फ ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया