00:00:00
खेलकुद

भैरहवालाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि चितवनसँग 

बिहीबार असोज २१, २०७८/ Thursday 10-07-21

काठमाडौं २०७८ असोज २१ 

        पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा भने बाहिरिएको छ। भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाउँदै पूरा गर्‍यो। पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाउनुभएको हो ।

३५ रनमा ३ विकेट गुमाएको पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ रनको साझेदारी गर्दै जित दिलाउनुभयो । साहानले ४४ बल खेल्दै ७ चौका मद्दतमा अविजित ५३ रन बनाउनुभयो । विपिनले ३४ बलमा ३ चौका र १ छक्का मद्दतमा अविजित ४० रन बनाउनुभएको हो।

 आठौ ओभरमा भैरहवाका भुवन कार्कीले रित गौतम र लोकश बमलाई आउट गर्दै भैरहवालाई खेलमा फर्काउने प्रयास गर्नुभएको थियो । तर साहान र विपिनले सम्हालिएर ब्याटिङ गरेपछि पोखराले खेल जित्यो। पोखराले अब शनिबार उपाधिका लागि चितवन टाईगर्ससंग खेल्नेछ । पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाईनल पुगिसकेको छ ।

भैरहवाका भुवन कार्कीले ३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो।


 

तपाईको प्रतिक्रिया