00:00:00
राष्ट्रिय

बुद्ध एयरकाे जहाज सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट

बुधबार असोज २०, २०७८/ Wednesday 10-06-21

काठमाण्डौ २०७८ असोज २० 

         बुद्ध एयरको जहाज सुर्खेत ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेतको भेरी आसपासमा लागेकाे कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो । 

‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन, त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो, अहिले ‘नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले जानकारी दिनुभयो। 

त्रिभुवन विमानस्थबाट ८ बजेर १ मिनेटमा सुर्खेतका लागि उडान भरेकाे उक्त जहाजमा चालकदलका ४ जनासहित ४६ जना यात्रु थिए। बिहान सवा ९ बजे सुर्खेतको आकासमा तीन फन्काे लगाएर जहाज नेपालगञ्ज विमानस्थल फर्काइएको छ।

तपाईको प्रतिक्रिया