00:00:00
स्थानिय

रुपन्देहीको बेलहिया नाका आजदेखि सूचारु, पर्यटन व्यवसायी हर्षित 

आइतबार असोज १७, २०७८/ Sunday 10-03-21

२०७८ असोज १७ 

           कोभिड–१९ को कारण २०७६ चैत्र १० गते देखी नेपाल–भारत सीमा बन्द रहेको बेलहिया नाका आजदेखी सुचारु भएको छ ।  बिचमा सरकारले नाका सुचारु हुने संकते गरे पनि कोभिड दोश्रो चरण देखिए पछि सुचारु हुन सकेको थिएन् । १८ महिनादेखी लगातार बन्द भएको नेपाल–भारत नाका असोज ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले खुलाउने निर्णय गरेको थियो ।

      मन्त्रीपरिषद्ले निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालयमा स्पष्ट परिपत्र नआउँदा नाका सुचारु हुन सकेको थिएन । शुक्रबार नेपालले भारतीय निजि गाडीहरु प्रवेश सुरु गरे पनि भारतीय सुरक्षा बलले त्यसलाई रोकको थियो । आईतबारदेखी भने एसएसबीले समेत नाका सहज गरेको छ । 

      रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आजदेखी एसएसबीले पनि भारतीय गाडी नरोकेको जानकारी दिनुभयो । भारत हुँदै नेपाल भित्रिने यात्रु र पर्यटकले भने केही मापदण्ड पालन गर्नु पर्ने हुन्छ । प्रजिअ तिवारीका अनुसार नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परिक्षण गरिने र शंकास्पदलाई त्यही एन्टीजेन परिक्षणको ब्यवस्था समेत रहेको छ । एन्टिजेनमा पनि पोजिटिभ देखिएकालाई पिसिआर परिक्षण गरि नतिजा अनुसार ब्यवस्थापन गरिनेछ ।

तपाईको प्रतिक्रिया